‘सैयाँ सुनकेसरी’ गीत सार्वजनिक

काठमाडौँ । चर्चित लोक गायिका बिष्णु माझी र भक्तराज भट्ट (डोटेली) को आवाज रहेको ‘सैयाँ सुन केसरी’ गीत बजारमा आएको छ । सो गीतमा झलक भट्टको शब्द रचना रहेको छ भने भक्तराज भट्टकै संगीत छ ।

कोरस गायनमा भरत भट्ट, पुष्पा बोहरा, स्मृती शाहीको आवाज रहेको छ । प्रकाश भट्टको निर्देशन रहेको उक्त गीतको भिडियोमा राजेश घिमिरेको छायांकन तथा बिष्णु शर्माले सम्पादन गरेका छन् । त्यस्तै भिडियोमा जुना सुन्दास र सुन्दर सदाशंकरको अभिनय छ ।

प्रतिक्रिया