सुरेश शाही र पुष्पा बोहराको ‘मान्छे चिन्ने’ बजारमा

काठमाडौँ । सुदुरपश्चिमेली गायक सुरेश शाही र गायिका पुष्पा बोहराको आवाजमा नयाँ गीत ‘मान्छे चिन्ने हो’ को भिडियो सार्वजनिक भएको छ । वल्र्ड कभर मिडिया प्रालिमार्फत सार्वजनिक गरिएको उक्त गीतमा सुरेश शाहीकै शब्द संगीत रहेको छ ।

बिरेन्द्र भाट‘ विपिनले निर्देशन र सम्पादन गरेको सो गीतको भिडियोमा याङ्गशु श्रेष्ठ र सुरेश थापाले अभिनय गरेका छन् भने भिडियो छायांकन रामसिंह भाट तथा कोरियोग्राफी बिक्रम चौहानले गरेका छन् । गीतले दर्शक श्रोताको मन जित्नेमा निर्देशक भाटले बिश्वास लिएको बताए ।

बदलिँदो समय अनुसार गीत निर्माण गरिएको जनाउँदै उनले भने, ‘यस गीतमा निकै मिहेनत गरिएको छ । मिहेनत को मूल्याङकन दर्शक श्रोताले गर्नेछन् ।’ गीत माया प्रेमकै मौलीक भाषामा पस्कीएकोसमेत उनले जिकिर गरे ।

प्रतिक्रिया