खोजखबर

गाईगोरु तस्करी एक पक्राउ

सौर्य अनलाइन २०७६ भदौ ३० गते १२:३९ मा प्रकाशित

जलेश्वर । नेपालबाट भारततर्फ तस्करी गर्न लागिएका सात गाईगोरुसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका–२ का १९ वर्षीय नजाम अंसारी रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

प्रहरी चौकी रघुनाथपुरको टोलीले अंसारीलाई सोनमा गाउँपालिका–३ बाट गाईगोरुसहित नियन्त्रणमा लिएको हो । उनलाई आवश्यक कारवाहीका लागि छोटी भन्सार कार्यालय सम्सीको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया