बिबिबिएचएस फुटबलमा श्री गणेश च्याम्पियन

काठमाडौं । श्री गणेश स्कुलले प्रथम बिबिबिएचएस अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।  आइतबार भएको फाइनल खेलमा पञ्चकन्या स्कुललाई १–० गोल अन्तरले हराँउदै श्री गणेश च्याम्पियन बन्यो । उपाधि विजेता टोलीका लागि निर्णायक गोल सुजन तामाङले गरेका थिए । तेस्रो स्थानका लागि भएको खेलमा सेन्ट जेभियरले टिआइएलाई टाइब्रेकरमा ५–४ गोलले हरायो ।

प्रतियोगितामा सेन्ट जेभियरका प्रीतम लामाले सर्वोकृष्ट खेलाडीको ट्रफी जिते । उपाधि विजेता श्री गणेश स्कुलका सञ्जीव तामाङ चार खेलबाट ७ गोल गर्दै सर्वाधिक गोलकर्ता बन्न सफल भए । पञ्चकन्याका अनिल गुरुङ बेस्ट गोलकिपर चुनिए । विजेता टोलीलाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले पुरस्कृत गरेका थिए । बाल विकास बोर्डिङ मावि (बिबिबिएचएस) को आयोजनामा सञ्चालन भएको प्रतियोगितामा २४ छात्र टोलीको सहभागिताको थियो ।

प्रतिक्रिया