अधिकारी र बस्नेत सम्मानित

काठमाडौं । नृत्य निर्देशनको क्षेत्रमा क्रियाशील नृत्यांगना तथा समाजसेवी सुनिता बस्नेतले सम्मानित भएकी छन् । नृत्य क्षेत्रमा मात्रै नभएर समाजसेवामा समेत उल्लेखनीय योगदान दिएको भन्दै उनलाई ‘राष्ट्रिय शिखर अनर अवार्ड २०७६’ बाट सम्मानित गरिएको हो ।

त्यसैगरी दुई दशकभन्दा लामो समयदेखि निरन्तर रंगकर्ममा सक्रिय नाट्यकर्मी ठण्डबहादुर अधिकारी लगायतका व्यक्तित्वलाई समेत उक्त सम्मानबाट सम्मानित गरिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा राजधानीमा सम्पन्न कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष शिखर खनालले बताए ।

प्रतिक्रिया