सन नेपाल लाइफद्वारा अभिकर्ता सम्मान

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रामपुर र धरानमा उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम गरेको छ । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा उत्कृष्ट अभिकर्तालाई सम्मान गर्नुका साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बिमाको महत्वबारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया