मकिनो अटोमोटिभ्सको डिलर मिट

काठमाडौं । मकिनो अटोमोटिभ्सको डिलर मिट सम्पन्न भएको छ । शनिबार सम्पन्न डिलर मिटमा काठमाडौं उपत्यकाका डिलरहरूको सहभागिता थियो । सो अवसरमा मकिनो अटोमोटिभ्सका भाइस प्रेसिडेन्ट प्रवीण बजाजले मकिनोले विगत २५ वर्ष यता मकिनोका विभिन्न पार्ट्सले बजारमा लोकप्रियता कमाइरहेको बताए ।

उनले ब्रान्डका गाडी वा बाइकमा सो कम्पनीका उत्पादन ओरिजिनल इक्विपमेन्ट (ओई) का रूपमा प्रयोग भएको बताए । आगामी दिनमा मकिनोले जापानको आरके चेनसँग मिलेर नयाँ प्रविधिको चेनसमेत उपलब्ध गराउने योजना बनाएको उनले बताए ।

प्रतिक्रिया