सिटिजन्स बैंक आरटिजीएस प्रणालीमा

काठमाडौं । सिटिजन्स बैंकले बिहीबारबाट रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली (आरटीजीएस) सुविधा सञ्चालनमा ल्याएको छ । सिटिजन्स बैंक र नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबीच भदौ २२ गते आइतबार आरटिजीएस प्रणाली सञ्चालन सम्बन्धी सम्झौता भएको थियो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बम बहादुर मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यससँगै अब बैंकका ग्राहकहरूले नियम अनुसार आरटिजीएस सुविधा उपभोग गर्न सक्नेछन् । बैंकका ग्राहकले आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकद्वारा सञ्चालित आरटीजीएस प्रणालीमार्फत एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार फछ्र्यौट गर्न सक्ने जनाएको छ ।

प्रतिक्रिया