सबै स्थानीय तहमा धार्मिक मेला

कालिकोट । जिल्लाका सवै स्थानीय तहमा हिजोआज धार्मिक मेला भइरहेका छन् । वर्षको एकपटक मात्र आउने धार्मिक मेलामा सहर तथा बजारबाट गाउँमा मानिसहरू आफ्नो मनोकाँक्षा देविदेवताले पूरा गर्दछन् भन्ने विश्वासका साथ भक्तजजनहरू पुख्र्याैली जन्म थलो वा देवीदेवताको मेला हुने ठाउसम्म जाने गर्दछन ।

शुक्रबार कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा सम्बुनाथ, महावै गाउँपालिकामा रहेकोे महावै जगनाथ ,खाँडाचक्र नगरपालिकाको दाहाँ, घोडेनामा रहेको झुल्के धल्पुरा ,खाँडाचक्र नगरपालिका २ मान्मको थामकोटका रहेको धल्पुरा देवता, शुभकालिका गाउँपालिका–३ संजेलवाडामा रहेको महादेव मन्दिरलगायतका ठाउँमा मेला सम्पन्न भएका छन् । भदौ देखि असोजसम्म नै पैठे जात्राहरू धमाधम सुरु हुने गरेका छन् ।

शनिबार पनि धेरै ठाउँमा मेला हुने भक्तजनहरूले जनाएका छन् । पैठेजात्रामा जहिले पनि झगडा हुने भएकाले यसपालि भने शान्त वातावरणमा पैठहरू चलिरहेको खाँडाचक्र नगरपालिका– ५ का धामी नैन वहादुर शाहीले बताए । जिल्लाको रास्कोट नगरपालिका र खाँडाचक्र नगरपालिकाको धल्पुराको मन्दिरमा सुरु भएका मेलामा भने जिल्लाका जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख प्रतिनिधिको उपस्थिति रहेको थियो ।

कालिकोट जिल्लाको महावै गाउँपालिकाको एल्खे सल्लाको धार्मिक मेलामा कर्णाली प्रदेशका मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंह, पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमलगायतका सरोकार वालाको सहभागिता रहेको थियो । यति वेला पैठेजात्रामा आफ्नो मनको इच्छा पूरा हुने परम्परागत विश्वास रहेकाले सबै भक्तजनहरूको ध्यान पैठे जात्रामा छ ।

प्रतिक्रिया