मेसी बार्सिलोनामै रहून्

एजेन्सी । बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगिनले आफूले मेसी बार्सिलोनामै रहून् भन्ने चाहेको बताएका छन् ।  मेस्सीले जुनुसुकै वेला क्लब छाड्न सक्ने कुरामा उनले असन्तुष्टि व्यक्त गरे । टेर स्टेगिन आफ्नो देशको तर्फबाट नेदरल्यान्ड र आयरल्यान्डसँगको मैत्रीपूर्ण खेलहरू सकाएर नोउ क्याम्प फर्केका छन् । जर्मनीको टिमका मुख्य प्रशिक्षक म्यानुएल नेउएरले जर्मनीको राष्ट्रिय टोलीका पहिलो रोजाइका गोलकीपरको रूपमा स्टेगिनलाई जर्मनीको टोलीमा समावेश गरेका थिए ।

स्टेगिनले देशको लागि पहिलो रोजाइको गोलकिपरको रूपमा खेल्न पाउँदा निकै गर्व महसुस भएको र आफूले सक्दो प्रदर्शन गरेको बताएका थिए । ‘म पहिलो रोजाइको गोलकिपर बन्नका लागि प्रयासरत छु । तर, राष्ट्रिय टोलीको लागि खेल्नुपर्दा केही अनौठो र केही चुनौतीपूर्ण रहेको महसुस हुन्छ’, स्टेगिनले भने । लालिगाको नयाँ सिजन सुरु भैसक्दा बार्सिलोनाले गएका दिनलाई भन्दा आउने समयलाई धेरै प्राथमिकता दिनुपर्ने उनको तर्क छ ।

‘हामीलाई धेरै कुराहरू सुधार्नु छ । राम्रो प्रदर्शन गर्नुुछ र बितेको समयलाई भन्दा आउँदो समयलाई धेरै प्राथमिकता दिनुछ’, उनले भने । ‘मेसीसँग आफ्नो भविष्यको निर्णय गर्ने अधिकार छ । तर, हामी सबै मेसी बार्सिलोनामै रहून् भन्ने चाहन्छौँ’, उनले भने । ‘व्यक्तिगत हिसाबले म मेसी बार्सिलोनामै रहून् भन्ने चाहन्छु तर यो कुराको निर्णय मैले गरेर हुँदैन ।’

प्रतिक्रिया