नेपाल नर्सिङ काउन्सिलको निर्वाचन, प्रगतिशिल समूहको विजय निश्चित

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको बोर्डको निर्वाचन आइतबार हुने भएको छ । ३ जना सदस्य पदका लागि ८ जना नर्सहरुले उम्मेद्धारी दिएका छन् । उम्मेद्धारी दिनेहमा तुलसादेवी अधिकारी, प्रा. डा. तारा शाह, कृष्णकुमारी पौडेल, सीता कार्की, सरला केसी, जीता बराल, मित्रकुमारी देवकोटा र रीना श्रेष्ठ रहेका छन् । त्यस्तै आइतबार हुने निर्वाचनमा तुलसादेवी अधिकारीको नेतृत्व भइरहेको प्रगतिशिल समूहको विजय निश्चित देखिएको छ ।

नेपालको संविधानले निदृष्ट गरे अनुसार नेपाल नर्सिङ परिषद्को नीति तथा कार्यक्रमहरु संघीय संरचनामा रुपान्तरण गर्न र संघ तथा प्रदेशमा परिषद्को कार्यालय स्थापना गर्ने योजनासहित निर्वाचनमा होमिएको हो । यस समूह प्रजातान्त्रिक समूहभन्दा निकै सशक्त भएका कारण यसले आफ्नो विजय सुनिश्चित गरेको हो ।

आजसम्म परिषद्मा भए गरेका कार्यहरु व्यक्ति प्रभावकारी नभएको र सम्पूर्ण नर्सहरुको हक, हित स्थापनाको लागि यो समूहले निकै प्रभावकारी भूमिका खेल्न सक्ने अनुमान मतदाताहरुले नै गरेको कारण यस समूहको पल्लाभारी रहेको देखिन्छ । यि र यस्ता विविध कारणलाई विश्लेषण गर्दा आइतबार हुने निर्वाचनमा करिव ६५ प्रतिशत मतदाताले प्रगतिशिल पक्षलाई मत दिएर विजय बनाउने निश्चित देखिएको हो ।

पहिल्यै पनि नेपाल नर्सिङ एशोसियनस (नान्) को चुनावको समयमा काउन्सिलका लागि तीन सदस्यको पनि मतदान हुने गर्दथ्यो । हाल नर्सिङ संघमा आवद्ध नर्सले मात्र मतदान गर्न पाउँने व्यवस्था छ । काउन्सिलमा हालसम्म अनमी सहित ८९ हजार भन्दा बढी नर्सहरु भएपनि नर्सिङ संघमा हाल करिब १२ हजार नर्सहरु सदस्य छन् ।

१५ सदस्यीय नेपाल नर्सिङ काउन्सिलमा हाल ८ जना मात्र पदाधिकारि रहेका छन् । ८ महिनादेखि रिक्त रहेको ३ सदस्य पदका लागि यस निर्वाचन हुन लागेको हो । अन्य रिक्त सदस्य पद विभिन्न निकायबाट नियुक्त हुनुपर्नेमा पनि अझै हुन सकेको छैन । निर्वाचनका लागि काउन्सिलले सार्वजनिक गरेको सूची अनुसार १२ हजार ४१ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया