पोर्चुगलको सहज जित

एजेन्सी, पेरिस । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलले युरो कप छनोटमा लिथुवानियालाई ५–१ को भारी अन्तरले हरायो ।  मंगलबार राती भएको खेलमा पोर्चुगलको जितमा रोनाल्डोले चार गोल गरे । प्रतियोगितामा पोर्चुगलको यो लगातार दोस्रो जित हो । एकतर्फी बनेको खेलको सातौँ मिनेटमा नै रोनाल्डोले टिमका लागि पहिलो गोल गरे । २८औँ मिनेटमा लिथुवानियाले एक गोल गर्दै खेल एक एकको बराबरीमा पु¥याए । पहिलो हाफ एक–एक गोलको बराबरी भएको थियो । खेलको ६१औँ मिनेटमा, ६५औँ र ७६औँ मिनेटमा लगातार रोनाल्डोले गोल गरेपछि खेलमा पोर्चुगलले ४–१ को अग्रता बनायो ।

त्यसपछि इन्जुरी समयको दोस्रो मिनेटमा विलियन कारभाल्होले गोल गर्दै पोर्चुगललाई ५–१ को जित दिलाए । यो जितपछि पोर्चुगलको समूह ‘बी’ मा चार खेलबाट ८ अंक भएको छ । समूह ‘एच’ अन्तर्गत फ्रान्सले एन्डोरालाई ३–० ले हरायो । पाँचौँ खेलमा जित निकाल्ने क्रममा फ्रान्सले एन्डोराविरुद्ध सहज जित हात पा¥यो ।

खेलको १८औँ मिनेटमा कोमनको गोलमा अग्रता बनाएको फ्रान्सले ५२औँ मिनेटमा लेंगेटको गोलमा दोब्बर बनायो । त्यसपछि इन्जुरी समयमा बेन येडेरले गोल गर्दै फ्रान्सलाई ३–० को जित दिलाए । यो जितपछि फ्रान्सको समुहमा पाँच खेलमा १५ अंक भएको छ । समूह ‘ए’ अन्तर्गत इंग्ल्यान्डले कोसोभोमाथि पाँच तीनको जित निकाल्यो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो मिनेटमा नै बेर्साको गोलमा कोसोभोले अग्रता बनाएको थियो । तर त्यसपछि इंग्ल्याण्डले लगातार पाँच गोल ग¥यो ।

आठौँ मिनेटमा रहिम स्ट्रलिङले गोल गरे भने १९औँ मिनेटमा हेरी केनले दोस्रो गोल गरे । ३८औँ मिनेटमा इङल्यान्डले उपहार गोलमा अग्रता तीन एकमा पु¥यायो । ४४औँ र पहिलो हाफको इन्जुरी समयमा सान्चोले लगातार दुई गोल गरेपछि इंग्ल्यान्ड पहिलो हाफमा नै ५–१ को अग्रता बनायो । दोस्रो हाफमा कोसोभोले दुई गोल फर्काएपनि हार भने टार्न सकेन । इंग्ल्यान्डको प्रतियोगितामा लगातार चौथो जित हो । उसको १२ अंक भएको छ ।

प्रतिक्रिया