‘रांझणा–२’ मा धनुषको जोडी सारा

मुम्बई । बलिउड अभिनेता शाहरुख खानसँग मिलेर बनाएको चलचित्र ‘जिरो’ बक्सअफिसमा नराम्रो गरी पछारिएपछि निर्देशक आनन्द एल रायले आफ्नो सुपरहिट सिनेमा ‘रांझणा’ को सिक्वल बनाउने तयारीमा छन् ।

यस चलचित्रमा दक्षिण भारतीय अभिनेता धनुष र अभिनेत्री सारा अलि खानको जोडी बाँधिने भएको छ । धनुषले यसअघि ‘रांझणा’ मा पनि मुख्य भूमिका निर्वाह गरेका थिए । उक्त चलचित्रमा उनले अभिनेत्री सोनम कपुरसँग रोमान्स गरेका थिए । अहिले चलचित्रको प्रि–प्रोडक्सनको काम चलिरहेको जनाइएको छ ।

डिसेम्बर वा आगामी वर्षको जनवरीबाट फ्लोरमा जाने बताइएको यस चलचित्रमा यसअघि धनुष, सारासँगै अभिनेता ऋतिक रोशनको पनि प्रमुख भूमिका रहने चर्चा चलेको थियो तर, उनी यस चलचित्रमा छन् या छैनन् भन्ने बारेमा भने हालसम्म केही खुलेको छैन ।

प्रतिक्रिया