गुणराज विजयी

काठमाडौं । थाइल्यान्डको मुवाथाई स्टेडियममा भएको प्रोफेसनल नाइट फाइटमा नेपालका गुणराज रुचालले जित हात पारेका छन् ।
गुणराजले पुरुष ६० केजी तौल समूहमा इटालीका गियानपिएरोलाई पराजित गरेको नेपाल राष्ट्रिय मुवाथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । गुणराज हाल नेपालमा मंसिरमा हुने एसियाली मुवाथाई च्याम्पियनसिपको तयारीका लागि थाइल्यान्डमा रहेको अध्यक्ष कक्षपतिले जानकारी गराए ।

प्रतिक्रिया