‘काले दाई’ को ट्रेलर

काठमाडौं । शिव शर्माले निर्देशन गरेको चलचित्र ‘काले दाई’ को ट्रेलर सार्वजनिक गरिएको छ । दसैंको अवसर पारेर १७ असोजबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको ट्रेलरमा एक्सन, कमेडी र रोमान्सको दृश्यलाई देखाइएको छ । प्रोमो हेर्दा चलचित्रले सैनिकको कथा उठाउन खोजेको अनुमान गर्न सकिन्छ ।

नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रको निर्मातामा समशेर गुरुङ र इन्द्र रामजाली रहेका छन् । चलचित्रमा सुरेन्द्र केसी, शारदा गिरी, इन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, उत्तम केसी, गीता अधिकारी, विष्णु सापकोटा, गोविन्द श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको कथा इन्द्र रामजाली र किशन अर्यालले लेखेका हुन् ।

पवन गौतमको छायांकन, कुमार महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’ को सम्पादन रहेको यस चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

प्रतिक्रिया