जातीय भेदभाव अन्त्यका लागि संवाद

कालिकोट । ‘सबै प्रकारका जातीय भेदभाव र छुवाछुतको समूल अन्त्य गरौँ, सामाजिक न्याय र समतामूलक समाज निर्माण गर्न एकजुट हौँ’ भन्ने मूलनाराका साथ कालिकोट जिल्लामा अविभेदसम्बन्धी सरोकारवालासँग जिल्लास्तरीय संवादमूलक कार्यक्रम सम्पन्न भएको छ । कानुनी खाकाको कार्यान्वयनको अवस्था र सुधारका उपायबारे सरोकारवालासँग अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको हो ।

नेपालमा जातीय भेदभावविरुद्ध साझा आवाज र कार्यका लागि सहयोग साझा आवाज परियोजनाको आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो । नेपाल राष्ट्रिय दलित कल्याण संघका जिल्ला अध्यक्ष जया विकको अध्यक्षता, जिल्ला समन्वय समिति कालिकोटका संयोजक अनिपाल शाहीको प्रमुख आथित्यता तथा खाँडाचक्र नगरपालिका उपप्रमुख विजया विष्टको विशेष आथित्यतमा कार्यक्रम भएको थियो । कार्यक्रमको उद्देश्य, महत्व बारे प्रष्ट पार्दै साझा आवाज कालिकोट जिल्ला परियोजना संयोजक चित्र विकले जातीय छुवाछुतसम्बन्धी कालिकोटका प्रत्येक स्थानीयतहमा गई सबै नागरिकलाई सचेत गराउनुपर्ने बताएका थिए ।

कार्यक्रममा उपस्थित प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षक तथा न्यायाधिवक्ताहरूले समाजमा जातिय छुवाछुत अझै जडो गाडेर रहेको बताउँदै पहिलेको तुलनामा अहिले जातीय छुवाछुतमा कमी आएका बताएका छन् । खाँडाचक्र नगरपालिका कालिकोटका उपप्रमुख तथा न्यायिक समिति संयोजक विजया विष्टले खाँडाचक्र नगरपालिकाभित्र आपूm न्यायिक समिति संयोजक भएको दिनबाट कुनै पनि जातीय छुवाछुतका मुद्दाहरू नआएको कुरा सुनाउँदै जातीय छुवाछुत र विभेदका घटनाहरूमा कमि आएको कुरा बताएकी छन् ।

कार्यक्रममा सम्पूर्ण सञ्चार माध्यम र पत्रकार महासंघको तर्पmबाट बोल्दै नेपाल पत्रकार महासंघ कालिकोटका सचिव षडानन्द अधिकारीले जातीय विभेद र छुवाछुतका कार्यक्रमहरू जिल्लास्तरमा सञ्चालन हुने गाउँपालिका र नगरपालिका सञ्चालन नहुनाले प्रायःजसो घटनाहरू हुने गरेको बताएका छन् । साथै अधिकारीले जातीय छुवाछुतबारे जिल्लास्तरमा गरिने कार्यक्रमहरू र बोलिने आवाजहरू परिवर्तन नभएको सधैँ एकनासको रहेको बताएका छन् ।

कार्यक्रममा सबै सहभागीले आगामी दिनमा यस्ता खाले अन्तत्र्रिmया कार्यक्रमहरू गाउँसमाजमा हुनुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया