सिटिजन्सद्वारा प्रहरीलाई मोटरसाईकल हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महानगरीय प्रहरी परिसर, ललितपुरलाई३ थान मोटरसाईकल हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी परिसर, ललितपुरमाआयोजितएक कार्यक्रम बिच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी परिसर, ललितपुरलाई ३ थान मोटरसाईकल प्रदान गरेको हो ।

ललितपुर जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुले समय सापेक्ष जनमैत्री प्रहरी सेवा प्रदान गरी समग्र जिल्लामा शान्ति सुरक्षाकायम गरी अपराधमुक्त समाजको निर्माण गर्ने जिम्मेवारी बहन गरेका नेपाल प्रहरीका अधिकृत तथा जवानहरुलाई अझथप हौसला प्रदान गर्ने अभिप्रायले बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ३ थान मोटरसाईकल तथा साँचो हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया