नेपाल किर्गिस्तानसँग स्तब्ध

काठमाडौं । नेपाल किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगिताको दोस्रो खेलमा उज्वेकिस्तानसँग पराजित भएको छ । पहिलो खेलमा यादगार जितण्ण् निकालेको नेपाल दोस्रो खेलमा सोमबार २–० ले स्तब्ध भएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको सुरुवातमा नेपाली टिमले केही दबाब दिएको थियो । पहिलो खेलमा किर्गिस्तानलाई ८–२ ले पराजित गरेको नेपाल उज्वेकिस्तानविरुद्ध भने केही दबाबमा देखियो । सुरुआती १० मिनेट केहि दबाबमा देखिएको नेपालले त्यसपछि आफ्नो पकड जमाएको थियो ।

नेपालले दुई वटा सुन्दर गोलको अवसरलाई गुमायो । २४औँ मिनेटमा सावित्रा भण्डारीले पाएको मौका खेर फालिन् भने ३१औँ मिनेटमा पनि उनको प्रहारलाई गोलकिपरले बचाइन । तर, ३४औँ मिनेटमा उज्बेकिस्तानले खेलमा अग्रता बनायो । उसका लागि काराजितले गोलकिपर आफ्नो पोजिसनमा नभएको र डिफेन्डरबीच तालमेल नमिलेको फाइदा उठाउँदै गोल गरिन् ।

त्यसपछि ४१औँ मिनेटमा नेपालले फ्रिकिक पाएको थियो । त्यो प्रहार पोस्ट माथिबाट बाहिरियो । ४५औँ मिनेटमा उज्बेकिस्तानको अर्को प्रहारलाई नेपाली गोलकिपरले बचाइन् । त्यसपछि पहिलो हाफको अन्तिममा फेरि उज्वेकिस्तानको आक्रमणलाई नेपालको डिफेन्स लाइनले बचायो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको उज्वेकिस्तानले ५०औँ मिनेटमा दोस्रो गोल र्गयो ।

यस पटक उसका लागि सफिना रुस्खानीयाले गोल गर्न सफल भइन् । उनले डिबक्स बाहिरबाट गरेको प्रहारलाई नेपाली गोलकिपरले रोक्न सकिनन् । ५७औँ मिनेटमा नेपालकी सावित्रा भण्डारीको फ्रिकिकलाई उज्बेकिस्तानकी गोलकिपरले रोकिन । त्यसपछि ५९औँ मिनेटमा उज्वेक टिमले अर्को सुन्दर मौका पाएको थियो ।

नेपाली गोलकिपर अगाडि बढेको मौकाको फाइदा उठाउँदै प्रहार गरेको बललाई नेपाली डिफेन्सले मुस्किलले बचायो । ६५औँ मिनेटमा नेपालकी अनिता बस्नेतले पाएको मौकालाई सही ठाउँमा पार्न सकिनन् । त्यसपछि पनि नेपालले खेलमा फर्कन धेरै प्रयास गरेको थियो तर गोल गर्न सकेन । जसका कारण नेपालले २–० को हार व्यर्होयो ।

प्रतिक्रिया