विष्णुले ल्याए दशैं गीत ‘दशैंमा आउ प्यारा’

काठमाडौँ । हिन्दु महिलाहरुका बिशेष चाड हरितालिका तीज सकिएलगत्तै फेरी बिजया दशमीको चहलपहल सुरु भएको छ । यसै संधर्वलाई समावेश गरी कलाकारहरुले दशैं गीत ल्याउने चहलपहल पनि बढिसकेको छ ।

यसै क्रममा लोकप्रिय कलाकार एवं गायक बिष्णु खत्री र गायिका बिष्णु माझीको संयुक्त आवाजमा ‘दशैंमा आउ प्यारा’ नामक गीत सार्वजनिक भएको छ । गायक खत्रिकै शब्द लेखन तथा संगीत रहेको उक्त गीत बिनोद बाजुरालीको एरेन्ज रहेको छ । गीतको भिडियोमा मोडेल रन्जिता गुरुङ र बिमल केसीको अभिनय छ ।

स्मृती तिमिल्सिना (गुरुआमा) ले उक्त भिडियोमा निर्देशन गरेकी छन् भने दुर्गा पौडेलको छायांकन तथा बिष्णु शर्माले सम्पादन गरेका हुन् । परदेशिएका नेपालीहरुको दुखका यथार्थ बिषयवस्तुलाई गीतको शब्दमा समावेश गरेर आउँदै गरेको दशैंलाई लक्षित गरि बजारमा ल्याएको गायक खत्रीले बताए ।

गीतको शब्दमा समावेश गरिएका भावअनुरुप नै भिडियोमा पनि सोही अनुसार चित्रण गरिएको उनले जिकिर गरे । परदेशमा रहेका श्रीमान र स्वदेशमा रहेकी श्रीमतीको माया तथा विभिन्न बेदनालाई गीतको शब्दमा छनोट गरिएको गायक खत्रीको भनाई छ ।

उनका यस्तै भावनालाई छुने खालका आफ्नै सृजनामा बजारमा आएका दर्जनौं गीतले नेपाली दर्शक स्रोताहरुको मन छोएका छन् । बाग्लुङको पर्यटकीय क्षेत्रमा जन्मिएर कलाकारितामा जमेका गायक बिष्णु खत्री जन गायकको रुपमा पनि चिनिएका छन् ।

प्रतिक्रिया