पाँचथरमा खानेपानी आयोजना उद्घाटन

पाँचथर । जिल्लाको हिलिहाङ गाउँपालिका खानेपानी आयोजनाको उद्घाटन भएको छ । हिलिहाङ वडा ५, ६ र ७ का स्थानीयलाई लक्षित गरी निर्माण गरिएको खानेपानी आयोजनाको आइतबार उद्घाटन गरिएको हो ।

आयोजनाको एक नम्बर प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो मौसमले उद्घाटन गरे । खानेपानिको योजना गोर्खा वेल्फेयर ट्रष्टको दुई करोड ९० लाख लागतमा निर्माण सम्पन्न भएको हो । उक्त खानेपानी आयोजनाबाट स्थानीय ५ सय ३५ घरधुरी लाभान्वित हुनेछन । खानेपानी आयोजना सम्पन्न भई उद्घाटन हुँदा स्थानीयबासी भने हर्षित भएका छन् ।

त्यस्तै शनिबार खानेपानीको समस्या झेलिरहेका फिदिम ९ लुम्फाबुङ र फाल्गुनन्द गाँउपालिका १ नवमीडाँडाका बासिन्दालाई खानेपानीको सुबिधा उपलब्ध गराउने गरी लुम्फाबुङ–नवमीडाँडा लिफ्टिङ खानेपानी आयोजनाको सुरुवात भएको छ ।

सिलान्यास बिशेष समारोहमा एक नम्बर प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबो मौसमले शिलान्यास गरेसँगै आयोजनाको औपचारिक रुपमा निर्माणकार्य सुरु भएको छ ।

आयोजनाको शिलान्यास गर्दै मन्त्री आङबोले दुई वटा वडामा बर्षौंदेखि रहेको खानेपानी समस्याबाट स्थानीय मुक्त हुने विश्वास ब्यक्त गरे । लिफ्टिङ प्रबिधिबाट निभुखोलाको पानी साबिकका नवमीडाँडा र लुम्फाबुङ गाविसमा वितरण गरिनेछ । आयोजनाको निर्माणको जिम्मा स्वामीनारायण–आशिर्वाद जेभीले पाएको छ । उसले २१ करोड २० लाख ७२ हजार सात सय ८६ रुपैंयाँमा आयोजनाको ठेक्का पाएको हो । सम्झौता अनुसार आगामी २०७८ असार २९ सम्ममा आयोजना सम्पन्न गर्नुपर्नेछ ।

ट्रान्मिसन पाइप लाइन १० दशमलव ५६ किलोमिटर र डिस्ट्रिब्युसन पाइप लाइन ४१ दशमलव ७२ किलोमिटर रहेको आयोजनाबाट दुई वटा वडाका आठ सय ४४ घरधुरीका तीन हजार नौ सय ७७ जनसंख्या लाभान्वित हुनेछन । पाँचथर प्रदेश सरकारले मुख्य त पुर्वाधार बिकास सगै खानेपानी सडक, बिजुलीलाइ प्राथमिकता दिईएको छ । काम तिब्र गतिमा अगाडि बढेको अनुगमले देखाएको छ ।

प्रतिक्रिया