‘विपीको डायरी’ सार्वजनिक

काठमाडौं । नेपाली राजनीतिकका चर्चित व्यक्तित्व विपी कोइरालाले २००८ देखि २०१३ सालसम्म लेखेको पुस्तक ‘विपी कोइरालाको डायरी’ सार्वजनिक गरिएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजितक कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री तथा विपीपुत्र शशांक कोइराला, नेता नरहरि आचार्य, डा. शेखर कोइराला, लेखक पुरुषोत्तम बस्नेत, डा. शोभाकर पराजुली, पत्रकार चन्द्रकिशोर, पुस्तकका सम्पादक तथा संकलक पदमबहादुर थापा, अनुवादक महेश पौडेल र प्रकाशक पुष्पराज पौडेलले संयुक्तरूपमा विमोचन गरे ।

कार्यक्रममा बोल्दै अनुवादक महेश पौडेलले आफूले अनुवाद गर्दा विपीबाट राजनीति, साहित्य तथा समाजका विविध आयामका बारेमा धेरै सिक्ने अवसर पाएको बताए । उनले विपीलाई आजसम्म साहित्यकार र राजनीतिक व्यक्तित्वको रूपमा मात्रै चिनेकोमा उनीसित चित्रकारिताको पनि अपूर्ण ज्ञान रहेको डायरी पढ्दा पाएको सुनाए । उनले विपीको बहुआयामिक व्यक्तित्वले नेपाली राजनीति, साहित्य तथा सामाजिक क्षेत्रमा अहिलेसम्म प्रभाव पारिरहेको जिकिर गरे । यसैगरी नेता डा. शेखर कोइरालाले यो पुस्तक डायरी मात्र नभएर युवापिँढीका लागि संघर्षको अभिलेख रहेको बताए ।

यस्तै नेपाली कांग्रेसका बौद्धिक नेता नरहरि आचार्यले विपी कोइरालाको डायरी आफूले तिन पटकसम्म पढिसक्दा पनि अझै चित्त बुझेको बताए । उनले भने, ‘विपीको डायरी फेरी पढौँ पढौँ लागिरहेको छ र फेरि पनि पढ्छु । यस डायरी नेपाली पाठकका लागि बिल्कुलै नयाँ विषय र प्रस्तुतिका रूपमा आएको छ ।’

भावुक मुद्रामा बाबासँगको आप्mनो संस्मरण सुनाउँदै कांग्रेसका महामन्त्री तथा विपीपुत्र डा. शशांक कोइरालाले पुस्तकले विपी अध्ययन गर्न चाहनेहरू र साहित्य, चित्रकारिता बुभ्mन चाहनेहरूका लागि अत्यन्तै महत्वपूर्ण र सहज रहेको बताए । नेपाली समाजको राजनीतिक, सांस्कृतिक तथा सामाजिक परिवर्तनमा विपीको योगदान महत्वपूर्ण रहेको जिकिर गर्दै महामन्त्री कोइरालाले नेपालको परिवर्तनको आन्दोलनमा बिपीको नाम सदैव अगाडि आउने धारणा व्यक्त गरे ।

सोही कार्यक्रममा डा. शोभाकर पराजुलीद्वारा लिखित पुस्तक ‘लोकतन्त्र र समाजवाद’ को परिचर्चासमेत गरिएको थियो । कार्यक्रमको आयोजना प्रकाशक शिखा बुक्सको गरेको हो ।

प्रतिक्रिया