प्रवास

नेपालमा लगानी बढाउन परराष्ट्रमन्त्री ज्ञवालीको आग्रह

सौर्य अनलाइन २०७६ भदौ १८ गते १९:१९ मा प्रकाशित

काठमाडौँ । चौथो हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मालदिभ्सको राजधानी मालेमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज बिहान सिङ्गापुरका विदेशमन्त्री भिभिन बालकृष्णन्लाई भेटेर नेपालमा लगानी बढाउन आग्रह गरेका छन् ।

सौहाद्र्रपूर्ण वातावरणमा उनिहरूबीच भएको भेटवार्तामा नेपाल–सिङ्गापुर सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालमा सिङ्गापुरको प्रत्यक्ष वैदेशिक लगानी बढाउन त्यहाँका उद्यमी–व्यवसायीलाई अभिप्रेरित गर्न आफ्ना समकक्षीसँग अनुरोध गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्योपचारमा सहजीकरण गरेकामा सिङ्गापुर सरकारप्रति हार्दिक आभार व्यक्त गरे । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल बिहीबार बिहान स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय