विश्व

बङ्गलादेशका मन्त्री ताजुल इस्लामको कारमा बम आक्रमण

सौर्य अनलाइन २०७६ भदौ १५ गते १७:०४ मा प्रकाशित

ढाका । बङ्गलादेशकाे राजधानी ढाकामा मन्त्रीको कारलाई लक्षित गरेर बम आक्रमण भएको छ । शनिबार राति भएको आक्रमणमा परी दुई जना प्रहरी घाइते भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । आक्रमणमा को संलग्न थियो भन्ने बारेमा अहिलेसम्म कुनै पहिचान हुन नसकेको प्रहरीको भनाई छ ।

अमेरिकामा कार्यालय रहेको अनुगमनकर्ताहरुको संस्था एसआइटीइले आइतबार ट्वीटरमा लेखेको छ, ‘इस्लामिक स्टेट (आइए) ले ढाकामा भएको बम आक्रमण आफूहरुको तर्फबाट गराइएको दाबी गरेको छ ।’ स्थानीय सरकार तथा ग्रामीण विकास मन्त्री ताजुल इस्लामलाई एउटा कार्यक्रममा सहभागी हुन गइरहेका बेला आक्रमण भएको हो ।

उनलाई ६ जना सुरक्षाकर्मीले सुरक्षा दिँदै लगेका थिए । मन्त्री इस्लाम बङ्लादेशको सीमा सुरक्षा बलको कार्यक्रममा सहभागी हुन लागेको डिएमपी कार्यालयले जनाएको छ । स्थानीय समय अनुसार शनिबार राति ९ः२० बजेतिर विस्फोटन भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय