स्वामी चिन्मयानन्दमाथि यौन शोषणको आरोप

एजेन्सी । पूर्वगृहराज्यमन्त्री तथा भाजपाका तीन पटकका सांसद भइसकेका स्वामी चिन्मयानन्दमाथि फेरी यौन शोषणको आरोप लागेको छ। शाहजहाँपुरको एक कलेजमा पढ्ने छात्राले चिन्मयानन्दले आफूमाथी यौन शोषण गरेको आरोप लगाएकी हुन्। आरोप लगाउने छात्रा हाल बेपत्ता छिन्।

प्रहरीले स्वामी चिन्मयानन्द र केही अन्य केही व्यक्तिविरुद्ध अपहरण, धम्कीको मुद्दा दर्ता गरेको छ। बीबीसीकाअनुसार आफूमाथि लागेको आरोपको बारेमा चिन्मयानन्दले केही बोलेका छैनन्। उनका वकीलले चिन्मयानन्द घरमा नरहेको बताएका छन्। वकीलले भनेका छन् कि चिन्मयादनन्दमाथि लागेका आरोप स्वामी र उनको संस्थालाई बदनाम गर्न लगाइएको षडयन्त्र अनुसार हो।

शाहजहाँपुरको एक कानुन पढाउने कलेजकी ती छात्राले चार दिन पहिले सामाजिक संजालमा एक भिडियो पोष्ट गरेकी थिइन्। उनले आफू र अन्य युवतीमाथि चिन्मयानन्दले यौन शोषण गरेको, धम्क्याएको लगायतका आरोप लगाएकी थिइन्। ती छात्राले आफू र आफ्नो परिवारको सुरक्षा खतरामा रहेको पनि बताएकी थिइन्। त्यसपछि ती छात्रा बेपत्ता भएकी थिइन्। उनलाई गायब पारिएको आशंका गरिएको छ। ती छात्राको परिवारलाई सुरक्षा दिइएको छ भने उनको खोजिमा पनि प्रहरी खटाइएको छ।

प्रतिक्रिया