जापानिज मेसी मल्लोर्कामा अनुबन्धित

एजेन्सी, स्पेन । स्पेनिस क्लब रियल मल्लोर्काले जापानका युवा खेलाडी ताकेफुसा कुबोलाई लोनमा अनुबन्ध गरेको छ । जापानिज मेसीको नाममा परिचित १८ वर्षीय कुबोलाई मल्लोर्काले रियल मड्रिडबाट एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।

मल्लोर्काले सामाजिक संजाल ट्वीटरबाट कुबोलाई लोनमा अनुबन्ध गरेको जनाएको छ । मल्लोर्का यसै सिजन शीर्ष डिभिजनमा उक्लिएको क्लब हो । स्पेनिस क्लब बार्सिलोनाको एकेडमीमा हुर्किएका कुबो जापानको शीर्ष डिभिजन क्लब टोकियो एफसीबाट मड्रिड आएका थिए ।

रियलबाट उनले प्रि सिजनको अभ्यास खेल समेत खेलेका थिए । जापानको राष्ट्रिय टोलीमा हालै डेब्यु गरेका कुबो कोपा अमेरिका खेल्ने जापानिज टोलीमा रहेका थिए । अट्याकिङ मिडफिल्डर कुबोले जुन ९ मा भएको एल साल्भाडोरविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

प्रतिक्रिया