अधिकारीलाई दुई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । सञ्चारमर्की एवं गीतकार लोकराज अधिकारीले एकैपटक दुईवटा अन्तर्राष्ट्रिय अवार्ड पाएका छन् । उनले कतारको दोहामा भर्खरै सम्पन्न ‘स्टार अफ किङ दोहा’ ले आयोजना गरेको ‘इन्टरनेसनल अवार्डस् २०१९’ थपेका हुन् ।

अधिकारीले चलचित्र ‘शत्रु गते’ को ‘रुपै मोहनी’ बाट चलचित्र गीतकार अवार्ड र ‘व्यर्थै रहेछ बाँचुन्जेल’ बोलको गीतबाट सुगम संगीततर्फको अन्तर्राष्ट्रिय अवार्ड हात पारेका हुन् ।

युट्युबमा करिब तीन करोड भ्युज पाउन सफल भएको ‘रुपै मोहनी’ गीतबाट यसअघि चारवटा अवार्ड पाइसकेको अधिकारी जानकारी दिए । उक्त कार्यक्रममा अधिकारीसँगै चर्चित गायक आनन्द कार्की, प्रकाश सपुत, अभिनेता पुष्प खड्का लगायतका कलाकारले अवार्ड पाएका थिए ।

यसैबीच गीतकार अधिकारीलाई नेपाली गीत संगीतमा राम्रो योगदान दिएको भन्दै ‘दाङ देउखुरी सेवा समाज कतार’ले पनि सम्मान गरेको छ । दाङमा जन्मिएका गीतकार अधिकारीले पत्रकारिता क्षेत्र र गीत संगीतमा कलम चलाएर योगदान दिएबापत कतारमै पुगेको बेला सम्मान गरिएको उक्त संस्थाका सल्लाहकार वसन्तराज पुरीले जानकारी दिए ।

प्रतिक्रिया