रिचार्जर एपको ग्याजेट्स मेला

काठमाडौं । मोबाइलएप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ । यसै उपलक्ष्यमा रिचार्जर एप डाउनलोड गरी खाता खोल्नेहरु मध्येबाट एक जनालाई सामसुङको ए ट्वान्टी मोबाइल बितरण गर्ने भएको छ । यही भदौ २५ गते साढे चार बजे रिचार्जरको फेसबुक पेजमा प्रत्यक्ष प्रशारण गरी मोबाइल विजेता घोषणा गर्ने रिचार्जरले जनाएको छ ।

नजिकिँदै गरेको चाड पर्वलाई लक्षितगर्दै रिचार्जरले घरघरमै ग्याजेट्स मेला सञ्चालन गर्ने भएको छ । ‘बिजी लाईफ, इजी सोलुसन’ भन्ने नाराका साथ सेवा दिइरहेको रिचार्जरले यहि भदौ ११ गतेदेखि २ साता सम्म ग्याजेट्स मेला संचालन गर्न लागेको हो । ‘अहिले लिनुहोस्, पछि तिर्नुहोस्’ योजना सहित रिचार्जरले मेला सञ्चालन गर्न लागेको हो । विभिन्न बैंक तथा ब्राण्डसँगको सहकार्यमा रिचार्जरले ग्याजेट्स मेला सञ्चालन गर्न लागेको हो ।

प्रतिक्रिया