आइसिएफसि फाइनान्सले थप्यो काउण्टर

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले सेवा विस्तार गर्दै लाने क्रममा ललितपुरको ग्वार्को र काठमाडौको जोरपाटी स्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा थप एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । फाइनान्सको ग्वार्को शाखाको उद्घाटन एक समारोहकाबीच फाइनान्सका अध्यक्ष रामबाबु पन्तले गरे । त्यस्तै, जोरपाटी एक्स्टेन्सन काउण्टरको स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका अध्यक्ष डा गणेश योञ्जन तामा¨, आइसिएफ फाइनान्सका अध्यक्ष रामबाबु पन्त र तथा गोकर्णेश्वर नगरपालिकाका मेयर संतोष चालीसेले संयुक्त रुपमा उद्घाटन गरे ।

आव २०७६/०७७ को असार मसान्तसम्ममा १४ करोड ०२ लाख खुद मुनाफा आर्जन गरेको फाइनान्सले हालसम्म १८ वटा शाखा कार्यालय, एक एक्स्टेन्सन काउण्टर र १५ वटा एटिएम मार्फत आफ्ना ग्राहकलाई सेवा दिईरहेको छ । चुक्तापूँजी ८८ करोड २१ लाख रहेको यस फाइनान्सले हालसम्म ७३ हजार भन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै १० अर्व ८० करोड निक्षेप संकलन र ८ अर्व ६१ करोड कर्जा प्रवाह गरिसकेको छ ।

प्रतिक्रिया