मुख्यमन्त्री गुरुङ बेलायत प्रस्थान

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आज बेलायत प्रस्थान गरेका छन् । बेलायतस्थित तमू धीं नामक संस्थाले सन् २००९ देखि सञ्चालन गर्दै आएको नेपाली मेलामा सहभागी हुन उनि धर्मपत्नी कुमारीमुनी गुरुङसँगै त्यसतर्फ प्रस्थान गरेका हुन् ।

‘हाम्रो संस्कृति हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित आगामी आइतबारदेखि शुरु हुने नेपाली मेलामा मुख्यमन्त्री गुरुङ प्रमुख अतिथिका रुपमा त्यसतर्फ गएका छन् । बेलायत बसाइका क्रममा उनले नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमहरुमा सहभागी हुनाका साथै स्वदेशमा लगानीका लागि नेपालीहरूलाई आग्रह गर्ने र नेपाल भ्रमण वर्षका लागि वातावरण बनाउने बताइएको छ ।

मुख्यमन्त्री गुरुङले आफ्नो अनुपस्थितिमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने उनका स्वकीय सचिव सूर्यप्रसाद गुरुङले बताए । मुख्यमन्त्री गुरुङ यही भदौ १४ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

प्रतिक्रिया