मेस्सी फर्किएपछि बार्सिलोनालाई राहत

एजेन्सी, स्पेन । साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगाको पहिलो खेलमै एथ्लेटिक बिल्बाओसँग हार खेप्यो । उक्त खेलमा कप्तान लियोनल मेस्सी बार्सिलोनालाई खड्किएको थियो । पिँडुलामा चोटका कारण फिजियो थेपारी गराएर आराम गरिरहेका मेस्सी बुधबारदेखि टोलीको अभ्यासमा फर्किएका छन् ।

मेस्सी प्रशिक्षणमा फर्किएपछि बार्सिलोनाले राहत महसुस गरेको छ । मेस्सी ला लिगाकै तयारीका क्रममा एक साता अघि घाइते भएका थिए ।
मेस्सीबिना पहिलो खेलमा बार्सिलोना बिल्बाओसँग १–० गोलले पराजित भएको थियो । लिगको अर्को खेलमा मेस्सी मैदानमा उत्रने बताइएको छ । बार्सिलोनाले लिगको दोस्रो खेलमा आइतबार रियल बेटिससँग घरेलु मैदानमा खेल्नेछ ।

प्रतिक्रिया