बलात्कार घटनाका १० जना पक्राउ

बाँके । इलाका प्रहरी कार्यालयले ६ वर्षीया बालिकाको बलात्कार घटनालाई १० लाख रुपैयाँमा मिलापत्र गराउन खोज्ने १० जनालाई पक्राउ गरेको छ । कोहलपुर–११ की ६ वर्षीया बालिका बलात्कारको घटनालाई मिलाउन पीडक पक्षले चार लाख रुपैयाँ दिन खोज्दा उनीहरू प्रहरी नियन्त्रणमा परेका छन् ।

पीडित पक्षलाई रकम दिएर घटनालाई गाभरमा मिलापत्र गराउन लागेको गोप्य सूचनाका आधारमा कोहलपुर प्रहरी प्रमुख डिएसपी रमेशबहादुर सिंहको कमान्डको टोलीले पक्राउ गरेको हो । प्रहरीले खोजी गरिरहेको फरार बलात्कार अभियुक्त कोहलपुर–११ को गोबिन्द दमाईलगायत पीडित परिवार र पीडक परिवारलाई पक्राउ गरी म्याद थप गरेको सिंहले बताए ।

गत २१ असारमा कोहलपुर नगरपालिका–११ शान्तिनगर निवासी ६ वर्षीया बालिका बलात्कारमा परेकी थिइन् । बलात्कारीको खोजी तीव्र पारेको कोहलपुर प्रहरीले फरार अभियुक्तसहित अन्य १० जनालाई बुधबार पक्राउ गरी बिहीबार कोहलपुर प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

प्रतिक्रिया