मन्जुश्री फाइनान्स विशेष बचत खाता

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले मन्जुश्री विशेष बचत खातानामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । न्यूनतम मौज्दात पाँच हजारमा बचतकर्ताहरूले वार्षिक ८ दशमलव २५ प्रतिशत व्याजदर प्राप्तगर्न सक्ने छन् ।

उक्त खातामा निःशुल्क डेविट कार्डका साथै जुनसुकै एटिएमबाट बिना शुल्क रकम झिक्न सकिने फाइनान्सले जनाएको छ ।

मन्जुश्री फाइनान्स लिमिटेडको चुक्ता पूँजी ८० करोड ४० लाख रहेको छ । यस फाइनान्सको असार मसान्त सम्म सात अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन तथा ६ अर्ब ५५ करोड रुपैयाँ कर्जा लगानी रहेको छ ।

प्रतिक्रिया