कुमारी बैंक र ओम समाज डेन्टलबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुवास घिमिरेले हस्ताक्षर गरे ।

सो सम्झौताअनुसार ओम समाज डेन्टल हस्पिटलका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । हालसम्म कुमारी बैंकले आफ्ना देशव्यापी एक सय तीन शाखा सञ्जाल, ९२ एटिएम, तीन शाखारहित इकाई तथा तीन एक्सटेनसन काउन्टरबाट बैंकिङ सुविधाहरू प्रदान गर्दै आएको छ

प्रतिक्रिया