बजाजको ‘बजाज भविष्यवाणी’ अफर

काठमाडौं । चाडपर्वको विशेष उपलक्ष्यमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले ‘अब कति जितिन्छ पहिल्यै देखिन्छ’ भन्ने नारा सहित ‘बजाज भविष्यवाणी’ योजना सार्वजनिक गरेको छ ।

बजाजको भविष्यवाणी क्याम्पेनमा ग्राहकहरूले बजाज मोटरसाइकल किन्नु अगाडि स्क्र्याच कार्ड प्राप्त गर्नेछन् । जसमार्फत उनीहरूले एक लाखसम्मको सियोर सट डिस्काउन्ट थाहा पाउन सक्नेछन् साथै उनीहरूले बजाज मोटरसाइकलको खरिद पश्चात फेरी अर्को स्क्र्याच कार्ड प्राप्त गर्नेछन् । जसमा उनीहरूले एक लाखसम्मको नगद छुट पाउनेछन् ।

प्रतिक्रिया