कामना सेवा र एनपेबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र एनपेबीच अनलाइन भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

यो सम्झौतापछि कामना सेवा विकास बैकका मोबाइल वा इन्टनेट बैकिङ सुविधा लिएका ग्राहकले ५० भन्दा बढी ई–कमर्स वेबसाइटमा अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

बैंकले देशका विभिन्न ठाउँमा ९७ वटा शाखा तथा ४५ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया