ब्रोकरसम्बन्धी सहायक कम्पनी खोल्दै रावा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । विशेष साधारण सभाले बैंकले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता सम्बन्धी कार्य गर्न सहायक कम्पनी स्थापना गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङको सभापतित्वमा सम्पन्न सो विशेष साधारण सभामा अध्यक्ष गुरुङले प्रस्ताव प्रस्तुत गर्दै बैंकले विभिन्न सहायक कम्पनीमार्फत व्यवसाय गरी आर्थिक सबलीकरणमा सहयोग पु¥याउने बताए ।

प्रतिक्रिया