टाटा एच फाइभको बुकिङ खुला

काठमाडाैँ । टाटा मोटर्सको चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभको नेपाली बजारमा बुकिङ बिहबारदेखि खुल्ला गरेको छ ।

नेपालका लागि टाटा मोर्टसको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिका अनुसार भदौ १० देखि १५ सम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने १४औँ संस्करणको नाडा अटो सो २०१९ मा टाटा एच फाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक हुँदैछ ।

भारतमा टाटा ह्यारियर पनि भनेर चिनिने टाटा एच फाइभ बुकिङ गर्नका लागि २५ हजार रुपैयाँ जम्मा गराउनुपर्ने हुनेछ । साथै सिप्रदीले ग्राहकहरूलाई टाटा एच फाइभ मन परेन भने एक सय २० प्रतिशत बुकिङ रिफन्ड गर्ने जनाएको छ ।

प्रतिक्रिया