सेञ्चुरीको ‘प्रिमियम पेरोल म्यानेजमेन्ट खाता’

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीहरूलाई लक्षित गरेर एक हजार रुपैयाँमा बचत खाता खोल्ने गरी ‘प्रिमियम पेरोल म्यानेजमेन्ट खाता’ सञ्चालनमा ल्याएको छ । यस खातामा वार्षिक ६ दशमलव ५ प्रतिशतका दरले त्रैमासिकरूपमा ब्याज भुक्तानी हुने बैंकले जनाएको छ ।

सो खाता योजनामा ग्राहकले सात लाख रुपैयाँ बराबरको आकस्मिक दुर्घटना बिमा र एक लाख रुपैयाँसम्मको अस्पतालमा बसेको खर्च बापतको बिमा तथा लकर सुविधा उपलब्ध रहेको छ ।

त्यस्तै, क्रेडिट कार्डको वार्षिक शुल्क, ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्टमा ५० प्रतिशत छुटको सुविधा रहेको छ । साथै निःशुल्क एसएमएस, मोबाइल र ई बैंकिङ, आस्बा सेवा, डेबिट कार्ड तथा निःशुल्क क्रेडिट कार्डको आबद्ध शुल्कको सुविधा रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया