हुन्डाई भेन्यू नेपालमा, यस्ता छन विशेषता

काठमाडौं । हुन्डाई गाडीको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बहुप्रतिक्षित गाडी हुन्डाई भेन्यू एक समारोहबीच सार्वजनिक गरेको छ । हुन्डाई भेन्यू ३ भिन्न इन्जिन अप्सनमा उपलब्ध हुनेछन १ दशमलव २ लिटर पेट्रोल इन्जिन कप्पा VTVT टेक्नोलजि जसको 83ps/6000rpm को सर्वाधिक पावर रहनेछ । १ दशमलव ४ लिटर डिजल इन्जिन U2CRDi जसको सर्वाधिक पावर 90ps/4000rpm रहनेछ तथा १ दशमलव ० टर्बो पेट्रोल इन्जिन कप्पा डुअल ख्त्ख्त् टेक्नोलोजि जसको सर्वाधिक पावर 120ps/6000rpm  को रहनेछ । हुन्डाईभेन्यूले ७ स्पीड DCT को उपलब्धता पनि प्रदान गर्ने छ ।

बजारमा उपलब्ध अरु गाडीहरुको तुलनामा हुन्डाईभेन्यूले बजारमा आफ्नो दह्रो उपस्थिति जनाउने निश्चित छ । हुन्डाइ भेन्यू स्मार्ट इलेक्ट्रीक सन रुफ, आकर्षक क्रोमयुक्त फ्रन्ट ग्रील तथा स्पोर्टी रुफ रेल ले सु—सज्जित छ । यसको  R16डायमण्ड कट एलोइ पाङ्ग्रा तथा हिल एसिष्ट कन्ट्रोलले नौलौ र उत्साहजनक सवारी अनुभव दिनेछ ।


भेन्यूमा बत्तीहरुको जडान सुन्दर तथा आधुनिक रुपमा गरिएको छ । जस अन्तर्गत कर्नरिङ्ग लाइट, प्रोजेक्टर फग लाइट तथा व्रिmष्टल इफेकट सहितको लेड लाइट विशेष छन् । उत्कृष्ट यात्राको अनुभव गराउन, हुन्डाई भेन्यूमा नवीनतम विशेषताहरु रहेका छन् जस्तै रियोस्टयाट सहितको एड्भान्स सुपरभिजन क्लसटर, ड्राईभर रेर भ्यू मिरर, भेहिकल स्टेबिलिटीे म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल । हुन्डाई भेन्यू एउटा सुरक्षित यात्राको सहयात्री हो ।

भेन्यूका थप विशेषताहरुमा वाइरलेस फोन चार्जर, क्रूज कन्ट्रोल, टेलेमेटिक्स सहितको २० दशमलव ३२ सेन्टिमिटरको एचडी डिस्प्ले, एअर प्युरिफायर तथा रिएर ए सि भेन्ट रहेको  छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौं ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

प्रतिक्रिया