जसिताको जोडी धिरज

 

काठमाडौं । रेनेशा बान्तवा राई राणाको निर्देशन बन्न लागेको चलचित्र ‘आइएम ट्वान्टी वान’ मा जसिता गुरुङको जोडीका रूपमा धिरज मगर पक्का भएका छन् ।  आइकोर फिल्मस्सको ब्यानरमा बन्न लागेको उक्त चलचित्रमा प्रज्ज्वल शमशेर जबराको लगानीमा रहने जनाइएको छ ।

तिहारलगत्तै छायांकनमा जाने उक्त चलचित्रको वर्कसप गर्न जसिता यसै साता लन्डनबाट नेपाल आउँदैछिन् भने धिरज नेपाल आइसकेका छन् । चलचित्रमा अभिनेत्री जसिता र अभिनेता धिरजबाहेक अन्य कलाकारका बारेमा निर्माण पक्षले केही बताएको छैन् ।

प्रतिक्रिया