निरौलाको ‘तीज आयो’

काठमाडौं । हरितालिका तीजको छेको पारेर गायिका मीना निरौलाको स्वर रहेको ‘तीज आयो’ गीतको भिडियो सार्वजनिक गरिएको छ । महिला उद्यमी तथा ब्युटिसियन सुष्मा महराको शब्द रहेको उक्त गीतमा संगीत गायिका निरौलाकै रहेको छ । साथै गीतको संगीत संयोजन निरज श्रेष्ठको रहेको छ ।

फेसियल हाउसको प्रस्तुतिमा निर्माण भएको उक्त गीतको भिडियोमा अभिनेत्री नीता ढुंगाना लगायतका कलाकार तथा विभिन्न पेशामा आबद्ध महिला उद्यमीको अभिनय छ ।  उज्ज्वलजंग शाह क्रिएटिभ हेड रहेको भिडियोमा नवराज घिमिरेको छायांकन, शक्ति प्रज्वल घिमिरेको सम्पादन तथा प्रविण थापाको कोरियोग्राफी तथा निर्देशन रहेको छ । संगीतमा आफ्नो रुचि सानैदेखि रहेपनि गीत लेखन भने पहिलो रहेको गीतकार महराले सुनाइन् ।

प्रतिक्रिया