बल र कान्छालाई मोती पुरस्कार

काठमाडौं । नेपाली साहित्यका क्षेत्रमा योगदान दिएका युवा साहित्यकारद्वय फूलमान बल र शंकर चापागाइँ (धनकुटे कान्छा) पुरस्कृत भएका छन् । राष्ट्रिय युवा कोषले ०७६ सालको ‘युवा वर्ष मोती पुरस्कार’ बाट उनीहरूलाई सम्मान गर्न लागेको हो ।

पुरस्कार छनोट समितिका अध्यक्ष एवं गीतकार कालीप्रसाद रिजालको अध्यक्षतामा बुधबार बसेको बैठकले उनीहरूलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय विभूति मोतीराम भट्टको स्मृतिमा ०४२ सालमा स्थापित उक्त पुरस्कारको राशि ५० हजार रुपैयाँसहित स्वर्णपदक रहेको छ । आगामी भदौ १३ गते एक सय ५४ औँ मोती जयन्तीका सन्दर्भ पारेर पुरस्कार तथा सम्मान प्रदान गर्ने कोषका अध्यक्ष भीमबहादुर अधिकारीले जानकारी दिए । हालसम्म उक्त पुरस्कारबाट ६७ स्रष्टा पुरस्कृत भइसकेको कोषले जनाएको छ ।

प्रतिक्रिया