रेडिअन्ट ‘बी’ को दोहोरो जित

काठमाडौं । आयोजक रेडिअन्ट ‘बी’ ले सातौँ उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार दोहोरो जित हात पारेको छ । स्युचाटारस्थित घरेलु कोर्टमा रेडिअन्ट ‘बी’ ले पहिलो खेलमा एलआरआईलाई ३७–६ ले सहजै पराजित ग¥यो । रेडिअन्ट ‘बी’ को जितमा सालिक लामिछानेले १२ अंक योगदान गरे । उपेन्द्र बस्नेतको ११ अंक सहयोगमा रेडिअन्ट ‘बी’ ले जेनिअमलाई ५०–२५ ले हरायो ।

सिनियर ब्वाइजमै नेपाल सेन्ट्रलले आयोजक रेडिअन्ट ‘ए’ लाई २९–१० तथा एआईले विस्डमलाई ३१–१९ ले पाखा लगाए । नेपाल सेन्ट्रलका प्रफुल्लले १५ तथा एआईका सुशान्त कुँवरले १२ अंक जोडे । जुनियर ब्वाइजमा रेडिअन्टले एलआरआई ३७–११ तथा नेपाल सेन्ट्रलले एआईलाई १३–१२ ले पन्छाए । रेडिअन्टका राज रोकाले ११ तथा नेपाल सेन्ट्रलका रोहितले पाँच स्कोर गरे ।

सिनियर गल्र्समा एलआरआईले ज्योति एकेडेमीलाई १७–८ तथा न्यू भिजनले नेक्ससलाई १०–५ ले निराश पारे । एलआरआईकी सोनिया राणाले सात तथा न्यू भिजनकी युनिशा बुढाथोकीले चार अंक जोडे । प्रतियोगिताको प्याब्सनका सह–सचिव सूर्यबहादुर भण्डारी र रेडिअन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । भदौ १३ गतेसम्म चल्ने प्रतियोगिताको सिनियर ब्वाइजमा २३, सिनियर गल्र्समा १६ र जुनियर ब्वाइजमा १३ टिम सहभागी छन् ।

प्रतिक्रिया