नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं । नेपाल एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।  बुधबार माल्दिभ्ससँग हारेसँगै नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको हो । घरेलु कोर्टमा कुनै न कुनै पदकको आशा गरेको नेपाल समूह ‘ए’ का दुवै खेलमा सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन पुग्यो । पहिलो खेलमा किर्गिस्तानसँग ३–० ले हारेको नेपाल बुधबार लगनखेलमा रहेको आर्मीको कोर्टमा माल्दिभ्सविरुद्ध पनि ३–० को सोझो सेटमा पराजित भयो ।

पहिलो खेलमा किर्गिस्तान नेपालभन्दा बलियो टिम भए पनि माल्दिभ्सलाई हराउने अपेक्षा गरिएको थियो । तर, नेपाली खेलाडीमा तालमेलको निकै ठूलो समस्या देखियो । आफ्नो स्तरको माल्दिभ्सविरुद्धको पहिलो सेटमा नेपालको रिसिभिङ निकै कमजोर देखियो । जसका कारण नेपालले पहिलो सेट २२–२५ ले गुमायो । दोस्रो सेटमा नेपालले सुरुआतमा माल्दिभ्सलाई केही दबाबमा राखेको थियो । एक समय नेपालले ५–१ अंकको अग्रता बनाएको थियो ।

तर नेपालको सटहरू ब्लक भएर बाहिरिने र रिसिभिङमा पनि कमजोरी हुँदा खेलको बीचमा माल्दिभ्ससँग १६–१३ ले पछि परेको थियो । माल्दिभ्सले दोस्रो सेटमा २० अंक बनाउँदा नेपाल तीन अंकले पछि परेको थियो । त्यसपछि नेपाल सेटमा फर्कन सकेन र २५–२१ ले हार्न पुग्यो ।

तेस्रो सेटमा भने नेपाल माल्दिभ्सविरुद्ध पूर्णरूपमा दबाबमा आयो । खेलाडीमा आत्मविश्वासको ठूलो कमी देखिएको थियो । जसको असर स्कोरबोर्डमा पनि देखियो । माल्दिभ्सले नेपालविरुद्ध तेस्रो सेटको बीचमा आठ अंकको अग्रता बनाएको थियो । नेपालको स्कोर १२ हुँदा उसको २० अंक रहेको थियो । अन्ततः नेपाल २५–१४ ले पराजित हुन पुग्यो । यो जितसँगै माल्दिभ्स सेमिफाइनलमा प्रवेश गरेको छ ।

यता, बुधबार अफगानिस्तानलाई हराउँदै उज्वेकिस्तानले पनि सेमिफाइनलमा स्थान बनाएको छ । लगनखेलमा रहेको आर्मीको कोर्टमा भएको खेलमा उज्वेकिस्तानले अफगानिस्तानलाई ३–० को सोझो सेटमा हरायो । उज्वेकिस्तानले बुधबार अफगान टिमलाई २५–२३, २९–२७, २९–२७ ले हरायो ।

उपाधिको बलियो दाबेदार टिम उज्वेकिस्तानले अफगानिस्तानविरुद्ध पहिलो सेटमा दबाब दिँदै २५–२३ ले जित्न सफल भयो ।
तर दोस्रो सेटमा भने अफगानी टिमले उज्वेकिस्तानलाई कडा प्रतिस्पर्धा दिन सफल भयो । सेटको अन्तिममा निकै कडा प्रतिस्पर्धा भएको थियो । जसका कारण सेट आफ्नो पक्षमा पार्न उज्बेकिस्तानले २९–२७ सम्म कुर्नुप¥यो । तेस्रो सेटमा भने अफगानी टिमले सुरुवातदेखि नै कडा प्रतिस्पर्धा दिएको थियो ।

उसले एक समय उज्वेक टिमसँगको अग्रता पाँच अंकमा पु¥याएको थियो । १३–८ को अवस्थामा रहेको थियो ।
तर त्यसपछि उसले लगातार अंक गुमाउँदा सेट १६–१६ मा पुगेका थियो । तर अन्तिमसम्म कडा टक्कर दिएको अफगानिस्तानविरुद्ध उज्वेकिस्तानले २९–२७ ले जित्दै अन्तिम चारमा स्थान बनायो । आफ्नो अपराजित यात्रा कायम राख्दै उसले तीन खेलमा ६ अंक बनाएको छ ।

प्रतिक्रिया