किशोर फुटबलमा नेपालको लज्जापूर्ण हार

काठमाडौं । भारतमा जारी साफ यु–१५ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ५–० ले पराजित भएको छ । भारतको कल्याणीमा भएको खेलमा सुरुआतदेखि नै नेपालमाथि हाबी भएको भारतले छैटौँ मिनेटमा पहिलो गोल ग¥यो । उसका लागि महेसोन सिंहले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्न सफल भए । खेलको सुरुआतमा नै गोल खाएको नेपालले ४३औँ मिनेटमा फेरि अर्को गोल बेहो¥यो । उसका लागि मजुम्दारले गोल गर्न सफल भए । पहिलो हाफमा दुई गोल गरेको भारतले दोस्रो हाफमा थप तीन गोल थप्यो ।

५०औँ मिनेटमा फेरि मजुम्दारले नै गोल गर्न सफल भए । त्यसपछि ५६औँ मिनेटमा भारतले चौथो गोल ग¥यो । उसका लागि नोङमिकामपले गोल गर्दै टिमलाई ४–० को अग्रतामा पु¥याए । खेलको अन्त्यतिर भारतले नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै पाँचौँ गोल गर्न सफल भयो । नेपालले भारतविरुद्ध आक्रामक खेल खेल्न नसक्दा एक गोल पनि गर्न सकेन ।

आयोजक भारतसहित नेपाल, बंगलादेश, श्रीलंका र भुटान गरी पाँच राष्ट्रको सहभागिता रहने प्रतियोगिता राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुनेछ भने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा नेपालले दोस्रो खेल भदौ शुक्रबार श्रीलंकाविरुद्ध खेल्नेछ । यस्तै तेस्रो खेल बंगलादेशसँग भदौ १० गते रहेको छ । अन्तिम खेलमा भुटानसँग भदौ १२ मा प्रतिस्पर्धा गर्नेछ । यसअघि यु–१६ च्याम्पियनसिपबाट खेलाउँदै आए पनि चौथो संस्करणबाट यु–१५ को नामबाट प्रतियोगिता सञ्चालन गरिएको हो ।

अघिल्लो संस्करण नेपालमा आयोजना हुँदा यु–१५ बाट सञ्चालन गरिएको थियो । नेपालको आयोजनामा बंगलादेशले उपाधि जित्दा घरेलु टोली नेपाल चौथो भएको थियो । तेस्रो स्थानका लागि भएको स्पर्धामा नेपाल भारतसँग १–० ले पराजित भएको थियो । उक्त संस्करणमा पाकिस्तान र श्रीलंकाले अन्तिम समयमा सहभागिता नजनाउने भएपछि नेपालले प्रतियोगिता आयोजना गर्ने जिम्मा पाएको थियो । त्यसपछि दक्षिण एसियाका ६ टोलीलाई दुई समूहमा विभाजन गरी नेपालले प्रतियोगिताको आयोजना गरेको थियो ।

अघिल्लो संस्करणमा सहभागिता जनाएका माल्दिभ्स र पाकिस्तानले भारतमा हुन लागेका प्रतियोगितामा भाग लिएका छैनन् । अघिल्लो संस्करणमा आन्तरिक कारण देखाउँदै सहभागिता नजनाएको श्रीलंकाले यो संस्करणमा भने भाग लिएको छ ।

प्रतिक्रिया