विचारको बहस नेकपाका निम्ति अवसर र चुनौती

नगिन्द्र शाही ‘नेसनल’

मानव समुदायको विकास र प्रगतिका लागि आवश्यक साधनहरूको उत्पादन र उत्पादनपछि उत्पादित वस्तुहरूको विनिमय नै प्रत्येक सामाजिक व्यवस्थाको आधार हो । अहिलेसम्म इतिहासका जति सामाजिक व्यवस्थाहरू आएका छन्, तिनीहरूमा जुन प्रकारले सम्पत्तिको वितरण भएको छ । त्यसैको आधारमा समाजका वर्गहरूको श्रेणीहरूमा विभाजन भएको छ । त्यसैले, लेलिनले भन्नुभएको छ, समाजको परिवर्तनका निम्ति समस्या भनेको उत्पादन र विनिमय प्रणलीमा हुने परिवर्तनमा निहित छ । ती समस्या समाधानको खोजी दर्शनमा मात्र होइन, बरु अर्थव्यवस्थामा गरिनु पर्दछ ।

मानव समाजको विकास र उन्नतिका निम्ति संसारमा सयौँ वाद र दशर्नहरूको सिर्जना भएका छन् । ती सबै दर्शनहरूको अन्तिम ध्येय मानव समाजकै कल्याणका खातिर रचना गरिएका छन् । कोही मानव समाजको दैनिकीमा अस्तित्वमा छन भने कोही किताबमा सीमित छन् । अरस्तु, प्लेटो, सुकरातका दर्शनदेखि वेद, पुराण, मनु स्मृति, कौटिल्याको अर्थ सास्त्र, हुँदै आडम स्मिथ, डेबिड रिकार्डो र जर्ज बक जस्ता चिन्तकहरूलगायतका अन्य थुप्रै दार्शनिकहरूले तत्कालीन मानव समाजलाई यो वा त्यो ढंगले प्रभावित पारेकै इतिहास साक्षी छ । झन्डै सात सय वर्षयतादेखि संसारका शतप्रतिशत देशहरूमा एक छत्र बहसको विषय बन्दै अहिलेसम्म अस्तित्व कायम गर्न सफल पुँजीवादी दर्शन र सन् १९४८ मा कार्ल माक्र्स र एंगेल्सले धोषणा गरेको कम्युनिस्ट घोषणा पत्र अथवा माक्र्सवादी दर्शन नै अहिलेको विश्व समुदायको राजनीतिक दशर्नका प्रमुख आधार बनेका छन् ।

सन् १९८९ र ९० मा सोभियत संघ विघटनपछि पुँजीवाद आक्रमक र माक्र्सवाद रक्षात्मक अवस्थामा रहेको विद्यमान विश्व परिबेश भएपनि के कुरा सत्य हो भने पुँजीवादको आयु लामो हुन सक्छ तर पुँजीवादको विकल्प माकर््सवाद नै हो । पुँजीवादी विचारले सम्पतिको दबदबामा संसारको राजनीतिमा लामो समयदेखि वर्चस्व कायम गरेको भए पनि माक्र्सवादी विचारलेझैँ भौतिक जगतको वैज्ञानिक संश्लेषण र विषलेषण गर्न सकेको छैन । माक्र्सले मानव समाजलाई तीन अंगिक तत्व दर्शनशास्त्र, अर्थशास्त्र र मानवशास्त्रसहित तिन सिद्धान्त द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त र वर्गीय अधिनायकत्वको सिद्धान्तको समष्टि माक्र्सवादको सिर्जना गरे ।

माक्र्सवादको आगमनपश्चात् संसारलाई हेर्ने र बुझ्ने नजरियामा व्यापक फेरबदल भयो । माक्र्सवादी विचारधारको सफल परीक्षण तत्कालीन सोभियत संघमा लेलिनको नेतृत्वमा सन् १९१७ मा अक्टोबर क्रान्ति सम्पन्न भयो । जुन सफलताले पूर्वी युरोपका शत प्रतिशत देशहरू हुँदै कम्युनिस्ट विचारधारा क्रमशः अरब, अफ्रिका, एसिया, पूर्वी एसिया र दक्षिण एसियाका देशहरू प्रभावित मात्र भएनन् केही देशहरूले कम्युनिस्ट शासन सत्ताको अनुभवसमेत गरेका थिए ।

पहिलो विश्व युद्धपछि सफल अक्टोबर क्रान्ति र दोस्रो विश्व युद्धपछि सफल चिनियाँ क्रान्तिले लेलिनवाद र माओवाद युगको प्ररारम्भ भयो । माक्र्सवादकै जगमा सोभियत संघमा लेलिनवाद र चीनमा माओवादको मौलिख विकास भएका थिए । त्यसैगरी चिनियाँ क्रान्तिकै पृष्ठभूमिमा सन् १९४८ मा उत्तरी कोरियाली कम्युनिस्ट नेताहरू मिलेर कोरियाली श्रमिक पार्टी र यही समयमा भियतनाममा होचीमिन्हको नेतृत्वमा कम्युनिस्ट पार्टी गठन भयो ।

सन् १९१७ देखि १९५० सम्म कम्युनिस्ट शासन व्यवस्था विश्व समुदायका निम्ति आकषर्णको केन्द्र भागमै रहयो । यसबीचमा विश्वका झन्डै ४६ वटा देशहरूमा माक्र्सवादको प्रयोग भयो । पुँजीवाद र साम्रराज्यवादलाई परास्त गर्न सफल भएको विश्व कम्युनिस्ट आन्दोलन सन् १९५० देखि यता आएर कम्युनिस्ट आन्दोलनमा र तत्कालिन सोभियत सत्तामा स्टालिनको मृत्युपश्चात विचार र सत्ता दुवैको उत्तराधिकारी ठानिएका निकिता खुश्चेव नै थिए । उनी सत्ताको उतराधिकारी त भए तर उनले विचारको नेतृत्व गर्ने सन्र्दभमा आश्चर्यचकित परिवर्त गरे त्यसपछि सोभियत कम्युनिस्ट पार्टी र सत्ता सञ्चालनमा आन्तरिक अन्तरविरोधहरू चर्कोरूपमा सिजर्ना भए जसले सोभियत सत्ता मात्र होइन विश्व कम्युनिस्ट आन्दोलनमा पनि त्यसको प्रभाव प¥यो ।

विश्व कम्युनिस्ट आन्दोलन अहिले रक्षात्मक अवस्थामा हनुका पछाडि दुईवटा कारण छन् । पहिलो कारण, कार्ल काउत्स्की, रोजा लक्र्जवर र युरो र जर्मन कम्युनिज्मसहितका अन्य लोकतान्त्रिक धारका विचारहरूलाई तत्कालीन कम्युनिस्ट आन्दोलनले फ्युजन गर्न नसक्नु र तिनिहरूको राम्रा पक्षहरूलाई माक्र्सवाद प्रयोग कै निम्ति सहायकसिद्ध हुन सक्छन् भन्ने कुराको हेक्का नराख्नु । दोस्रो कारण, माक्र्सवादले समाजवाद हँुदै साम्यवादसम्मको यात्रा पूरा नर्गदासम्म विधिको अनिवार्यता प्रष्टीकरण गरेको छ । तर, माक्र्सवादीहरूले विधि र प्रक्रियालाई विरलै पद्धतिको विषय बनाउने गरेका छन् । दृष्टान्तका रूपमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता देङगलाई दक्षिणपन्थीको आरोपमा बन्दी बनाइएका थिए । पछि उनलाई मुक्त नगरेको भए वा उनले पार्टी भित्रको आन्तरिक लोकतन्त्रको सुधार नगरेको भए वा चीनको अर्थनीति बजार अर्थनितितिर नर्फकाएको भए र देङगले नेतृत्व निमार्णमा विधि स्थापित नगरेको भए चिनियाँ कम्युनिस्ट पार्टीको अवस्था पनि आजका जस्तो नहुन पनि सक्थ्यो भन्ने थुप्रै आधारहरू छन् ।

नेपाली सन्र्दभ
ब्रिटिस साम्राज्यको उपनिवेशमा रहेको भारतमा स्वतन्त्रताका निम्ति भारतीय जनताको संघर्षले नेपाली जनतामा राजनीतिक स्वतन्त्रताका निम्ति प्रेरणा प्रदान गरिराखेको थियो । अर्कोतिर चिनियाँ भूमिमा सञ्चालन जनवादी क्रान्तिले पनि नेपाली युवामा राजनीति सचेतना सम्प्रेषण गरेको थियो । यही पृष्टभूमिमा वि.स २००६ सालमा नेपालमा पहिलोपटक नेपाल कम्युनिस्ट पार्टी स्थापना भयो । तर, स्थापनाको केही वर्षमै कार्यनीति कस्तो अख्तियार गर्ने भन्ने विषयमा नेताहरूमा बेमेल हँुदा नेपालको कम्युनिस्ट आन्दोलन एकीकृत हुन सकेन । परिणाम नेपालका कम्युनिस्ट पार्टीका नेता कोही चीनमुखी र कोही सोभियत मोडेलमुखी हँुदा नेपालको कम्युनिस्ट आन्दोलन जडता र यान्त्रिकताको घेरामा रुमलिन बाध्य भयो ।

नेताहरूको आत्मकेन्द्रित सोच र संकीर्णताका कारण नेतापिछे पार्टीहरू स्थापना हुँदा जुन कारण कम्युनिस्ट आन्दोलनले मौलिखरूप धारण गर्न सकेन । अन्ततः नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशनपछि आन्दोलन विघठनको दिशाामा बरालिन पुग्यो । यही पृष्ठभूमिमा २०२८ सालतिरको झापा विद्रोह नेताहरूलाई संवादमा ल्याउने एक संयोग बन्यो । अन्तर्राष्ट्रिय नेताहरूको व्यक्तित्व र ती नेताहरूले अंगिकार गरेको तत्कालीन क्रान्तिको कार्यक्रम नै नेपालका नेताहरूको बहस र अनुशरणको विषय बनिराखेको सन्र्दभमा तत्कालीन मालेका महासचिव मदनकुमार भण्डारीको व्यक्तित्व र जनताको बहुदलीय जनवादले नेपालको कम्युनिस्ट आन्दोलनले बहसको प्रारम्भ गरायो ।

विश्व कम्युनिस्ट आन्दोलनमा बहसको विषय बनिराखेको सिर्जनात्मक लोकतान्त्रिक विचारको बहस नेपालको कम्युनिस्ट आन्दोलन भित्रपनि यदाकदा बहस, विर्मश भइरहेकै थियो । तत्कालीन माले र माक्र्सवादीको एकीकरण पछि तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले कम्युनिस्ट घोषणा पत्र घोषण भएको सन् १८४८ यताको साम्यवादी आन्दोलनको समीक्षा गर्दै, माकर््सवादो जगमा विकास भएका सोभियत संघमा लेलिनवाद र चीनमा माओवादको मौलिक विकासलाई विश्लेषण, संश्लेषण गरेका थिए । अर्थपूर्ण चिन्तन विगतको समीक्षा, नेपाली समाजको आमउत्पादन अवस्था, पद्धति र उत्पादन प्रणाली, राजनीति चिन्तनको वस्तुनिस्ट अध्यनपछि माकर््सवादकै जगमा ज.ब.ज को सिद्धान्त प्रतिपादन भएको थियो ।

जनताको बहुदलीय जनवादले नेपालका कम्युनिस्टमा रहेको जडतालाई मात्र होइन समग्र आन्दोलनको पुर्न व्याख्या गरेको थियो । तत्कालीन कार्यक्रमिक लक्ष्य सबै प्रकारको सामन्तवादी संरचनाहरूको चरित्रमा परिर्वत गर्ने र रणनितिक लक्ष्य समाजवाद हँुदै साम्यवाद पुग्ने जबजले उल्लेख गरेको छ । जबजकै आधारममा नेपालमा सामान्तवादको अन्त्य भएको छ । शाही सेना, शाही राष्ट्रिय निकुञ्ज, जस्ता थुप्रै संरचनाहरूमा रूपमा मात्र होइन तिनिहरूको सारमा पनि परिवर्तन भएको छ । त्यस्तै, ६२÷६३ सालको जनक्रान्ति, नेपालको संविधान २०७२ को निमार्ण रसंविधानमा समाजवाद उल्लेख हुनु र यि उपलब्धि प्राप्त गर्न राजनीति पार्टीहरूले अख्तियार गरेको शान्तिपुर्ण मार्ग जबजकै विचारमा आधारित हो । जबज प्रतिपाद भएको करिब तीन दशकको समीक्षा गर्ने हो भने नेपालको राजनीति विचार र सिद्धान्तका क्षेत्रमा निर्णायक भूमिका रहेको छ ।

अवसर र चुनौती
नेपालको इतिहासमा झन्डै दुइतिहाइको प्रचण्ड बहुमतसहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारमा छ । विशाल नेकपारूपी दीपदानीमा दुईतिहाइरूपी सरकारको दीप प्रज्ज्वलन भइरहेको छ । प्रज्ज्वलन भईरहेको सरकारको दीपलाई पुँजीवादीे, साम्राज्यवादी, पश्चगामीहरूले सरकारकको प्रज्ज्वलित दीप निभाउने प्रयत्नहरू गरेका छन् । अर्कोतर्फ विगतका दुई पार्टी एकीकरणको आधार जनताको बहुदलीय जनवाद नै हो भन्ने विषय दिनको घामझै छर्लंग हुँदाहँुदै पनि विचारको संक्रमण सिर्जना गरियो । जसले गर्दा विगतको माओवादी केन्द्रभित्र रहेको हिंसाप्रेमी धार र विगतको एमालेमा रहेको जबजको प्रतिपक्ष धारले खेल्ने ठाउँ पाएको छ । हुन त स्वयं यो सृष्टि अन्तर्विरोधमा छ, समाज अन्तर्विरोधमा छ, त्यसरी नै पार्टी पनि सधै अन्तर्विरोधको बीचमा हुन्छ । तर, यसको समाधान वैज्ञानिक विधिसहित उचित समयमा समाधान भएन भने जतिसुकै सम्भावना भए पनि चुनौतीमा बदलिन्छन् ।

जुन विचारले समाजका प्रश्नहरूको हल गर्न सक्दैन त्यो विचार कदापि समाजको मार्गदर्शन गर्न सक्दैन् । जुन विचारले समाजका समस्याहरूको हल गर्छ त्यो विचारलाई कसैले पनि त्यो समाजको मार्गदर्शन सिद्धान्त हुनबाट रोक्न सक्दैनन् । नेपालको वामपन्थी राजनीति इतिहासमा लोकतान्त्रिक कम्युनिस्ट विचार धाराले विजय प्राप्त गरेको छ भने सशस्त्र विद्रोहको धारको विर्सजन भएको छ त्यो धार लोकतान्त्रिक धारमा रूपान्त्रण हँुदै समाहित भएको छ ।

विगत तीन दशकदेखि लोकतान्त्रिक धारको नेतृत्व गर्दै आएको त्यो धार जनताको बहुदलीय जनवादको विचार नै हो । जुन धारले जनताको जनमतको बलमा नेपाली समाजका थुप्रै राजनीति प्रश्नहरूको हल गरेको छ । त्यसैले अहिले नेपालको कम्युनिस्ट आन्दोलनमा विचारको बहस भन्दा पनि अर्थव्यवस्थाको वहस हुन जरुरी छ । तत्काल समस्या सिद्धान्तमा होइन बरु नेपालको परम्परागत अर्थव्यवस्था छ जसमा आमुल परिर्वतनको अनिवार्यता छ । नेपालको संविधानमा उल्लेखित समाजवादलाई कार्यान्वय गर्न विद्यमान दलाल नोकरसाही पुँजीलाई निरुत्साही गर्दै राष्टिय पुँजीको विकास गर्दै नेपाली समाजलाई सहकारीकरण, सार्वजानिकीकरण र सामाजिक करणको संस्कृतिमा रूपान्तरण गर्दै कम्युनिस्ट समाजवादको स्थापना गर्ने अवसर र चुनौती नेकपाको काँधमा छ ।

प्रतिक्रिया