पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेत । जिल्लाको पूर्वी इलाकामा अवस्थित सिम्ता गाउँपालिकाका सबइञ्जिनियर शिवशंकर पोख्रेलसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा भ्रष्टचारको मुद्दा दर्ता गरेको छ । जसमा इन्जिनियर नवीन शर्मा, देउली–सिर्पा काफलकोट हुँदै जितेजुवा सडकको उपभोक्ता समितिका अध्यक्ष भुवानसिंह ठकुरी, कोषाध्यक्ष टीका वली र सचिव नन्दसिंह ठकुरीविरुद्ध मुद्दा दायर गरिएको छ ।

सडक निर्माणको लगत इस्टिमेट र सम्झौता बमोजिम १ हजार १ सय ६० मिटरको नयाँ ट्रयाक खोल्नुपर्नेमा सो नखोली नयाँ ट्रयाक खोलेको भनी झुट्टा नापी किताब एवं कार्य सम्पन्न प्रतिवेदन बनाइएको आरोप उनीहरूमा रहेको छ । सडक निर्माणमा बदनियतपूर्वक ट्रयाक नखोलेको कामको परिमाण देखाउने तथा बढी मूल्य पर्ने वस्तुमा बढी परिमाण गरेको देखाई कार्य सम्पन्न प्रतिवेदन तयार गरी पेस गरेको पुष्टि भएकोे अख्तियारले जनाएको छ । गलत प्रतिवेदन पेस गरी ४ लाख ५६ हजारभन्दा बढी भुक्तानी दिई भ्रष्टाचार गरेको आरोपसमेत उनीहरूमा रहेको छ ।

प्रतिक्रिया