भरुवा बन्दुकसहित युवक पक्राउ

बझाङ । बझाङ प्रहरीले भरुवा बन्दुकसहित सोमबार स्थानीय एक युवालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा बित्थडचिर गाउँपालिका–१ भाराभिड बस्ने ४५ वर्षीय लालबहादुर बोहरा रहेको प्रहरीले जानाएको छ । सोमबार बिहान प्रहरीचौकी स्याडीबाट प्र.स.नि. धनञ्जय जोशीको कमान्डमा खटिई गएको हाइ–वे गस्ती टोलीले जयपृथ्वी राजमार्गमा उक्त बन्दुकसहित बोहरालाई पक्राउ गरेको हो ।

भिराभिडबाट नजिकैको दउलेख बजारतर्फ से३प २९५२ नं. को मोटरसाइकलमा सवार बोहराले काँधमा बन्दुक बोकेको देखेपछि गस्तीमा गएको प्रहरी टोलीले बोहरालाई पक्राउ गरेको थियो । बोहराले चलाई रहेको मोटरसाइकल चेकजाँच गर्दा विनाइजाजत अवैध एक वटा एक नाले भरुवा बन्दुक भेटेपछि प्रहरीले भरुवा बन्दुक मोटरसाइकलसहित बोहरालाई जिल्ला प्रहरी कार्यालय पु¥याइको जानकारी प्राप्त भएको छ ।

पक्राउ परेका बोहरा उपर हातहतियार खरखजना कसुर मुद्दा दर्ता गरी सम्मानित बझाङ जिल्ला अदालतबाट पहिलोपटक सात दिनको म्याद थप अनुमती लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया