हत्या प्रयास गर्ने पति पक्राउ

धादिङ । जिल्लाको सिद्धलेक गाउँपालिका–१ नलाङस्थित धारापानीमा आफ्नै पतिले पत्नी र नाबालाक छोराको हत्या प्रयास गरेको आरोपमा पति पक्राउ परेका छन् । सोमबार राती पति गणेश लम्सालले पत्नी बिमला दराई लम्साल र दुई वर्षीय छोरा जेनिसलाई तार्पिन तेलको प्रयोग गरी मार्ने प्रयास गरेको भन्दै प्रहरीमा उजुरी आएपछि पति गणेश लम्साल पक्राउ परेका हुन् । मध्यरातमा घेराबन्दी गरी पतिले तेल खन्याएर आगो लगाउने प्रयास गरेपछि पत्नी बिमला दराई लम्सालले मुस्किलले भागेर ज्यान बचाएकी हुन् ।

मध्यरातमा जिउभरी तार्पिन तेल लत्पतिएको शरीर लिएर चिच्याउँदै भाग्दै गरेको देखेपछि बिमला र बिमलाको दुई वर्षीय छोरालाई छिमेकीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धादिङ ल्याएका थिए । अहिले दुवैजना जिल्ला अस्पताल धादिङमा सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडांै लगिएको छ । बिमलाको अनुहार र हात, छोराको हात र टाउकोको आंशिक भाग जलेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले बिमला र गणेशको अन्तरजातीय विवाह भएको र दैनिकजसो घरायसी विवाद हुने गरेको कारण घटना भएको जानकारी दिए । आपूmलाई दैनिकजसो सानो जातकी भनेर पतिले यातना दिने गरेको समेत पीडित बिमला दराई लम्सालले बताइन् ।

यसअघि पनि पतिले दैनिक कुटपिटसहित यातना दिने गरेको भन्दै बिमलालले स्थानीय महिला तथा आमा समूहमा उजुरीसमेत दिएकी थिइन् । उजुरी परेपस्चात् महिला तथा आमा समूहमा पति÷पत्नी दुवैलाई राखेर सचेत गराएर अबदेखि कुटपिट नगर्ने र यातना नदिने सहमति गराइएको थियो ।

यता पत्नीले सहमति गराइएको दिनदेखि नै पुनः पति गणेश लम्सालले बिमलाई धम्कीसहित घरबाटै निकालीदिएका थिए । त्यसपछि बिमला आफन्तको घरमा आश्रय लिएर बस्दै आएको बताइन् । गत आइतबार मात्र पतिले अब त्यस्तो हँुदैन भनेर सम्झाइबुझाइ गरी घरमा ल्याएका थिए । घरमा ल्याएकै दिन उनले पत्नी र बच्चालाई मार्ने प्रयास गरेका हुन् । हत्याको प्रयास गर्ने विमलाको पति गणेश लम्साल अहिले प्रहरी हिरासतमा रहेका छन् ।

प्रतिक्रिया