अर्थमन्त्री खतिवडा र चिनियाँ राजदूत यान्छीबीच भेट वार्ता

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शिष्टाचार भेट वार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको सो भेटमा चिनियाँ कम्पनीबाट नेपालमा भइरहेका निर्माणकार्यको समीक्षाका साथै चीन सरकारको सहयोगमा सञ्चालित परियोजनाको प्रगतिको विषयमा छलफल भएको थियो ।

सो क्रममा तत्कालका लागि काठमाडौँ कोदारी, काठमाडौँ रसुवागढी र कोरला नाकामार्फत आवागमन आबद्धता बढाउने विषयमा छलफल भएको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

काठमाडौँ चक्रपथको दोस्रो चरणको निर्माण कार्य अघि बढाउने तयारी कार्य र चिनियाँ वित्तीय संस्थाको नेपालको पूर्वाधार विकासमा लगानी बढाउने बारेसमेत भेटघाटका अवसरमा छलफल भएको थियो ।

त्यसैगरी आजै अर्थमन्त्री र नेपालका लागि युरोपेली संघका राजदूत एमएस भिरोनिका कोडीबीच पनि शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपालका लागि युरोपेली संघको सहयोग र द्विपक्षीय हितका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया